३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – एप्पलले फ्युचर आइफोनका लागी आफ्नै सेलुलर मोडेमको विकास गरिरहेको छ । ब्लुमवर्गका अनुसार एप्पल हार्डवयेर टेक्नोलोजीजको एसभीपी जोनी स्राउजीको अनुसार यो इन्टर्नल सेलुलर मोडेमको कारणले अर्को रणनीतिक विचार ल्याउनमा मद्दत पुर्‍याउँछ ।

यसले एप्पलको भविष्यलाई पनि सुनिश्चित पार्ने कम्पनीको अनुमान रहेको छ । यसले लामो समयसम्म कम्पनीलाई सहयोग पुर्‍याउनेछ । कम्पनीले अहिले सम्मको आइफोन १२ मा क्वालकमको सेलुलर मोडेलको प्रयोग गर्ने गरेको छ । एप्पल र क्वालकम चीपमेकरले गत साल ६ वर्षको सम्झौतामा साइन गरेका थिए र ६ वर्ष सम्म क्वालकमले एप्पललाई आफ्नो चीप दिइरहने छ । सन् २०१९ मा एप्पलले इन्टेलको धेरैजसो स्मार्टफोन मोडेम व्यवसाय १ बिलियन अमेरिकी डलरमा किनेको थियो । कम्पनीले क्वालकमबाट पनि समयसमयमा इन्जिनियर झिकाइरहेको छ । कम्पनीले बिस्तारै अरु कम्पनीहरुमा भरपर्नु पर्ने बानीलाई हटाउँदै गइरहेको छ र आत्मनिर्भर बन्ने यात्रामा लागीपरेको छ । एप्पलले एक दशक अघिदेखि नै आफै प्रोसेसर बनाउन थालिसकेको छ । एप्पलले यही नोभेम्बरमा पनि म्याकबुक प्रो, म्याकबुक एयर र म्याकबुक मिनी आफ्नै म्याक प्रोसेसरले पावर गरेको थियो ।

एप्पलले आफ्नै सामाग्री प्रयोग गर्न थालेकाले इन्टेल र क्वालकमलाई भने असर पर्न सक्छ । एप्पलले इन्टेलको बिक्रीको लगभग ७ प्रतिशत र क्वालकमको ११ प्रतिशत राजस्वमा असर पर्न सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]