०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ०३, २०७७

सप्तरी – नक्कली इमेल आईडीबाट आफ्नै साथीलाई ब्ल्याकमेल गर्ने एक युवक पक्राउ परेका छन् । चिनेकै महिला साथीलाई अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने सुमन रेग्मी पक्राउ परेका हुन् ।

रेग्मीलाई बिहीबार प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटार बस्ने ३३ वर्षीय रेग्मी पक्राउ परेका ब्यूरोका प्रमुख नविन्द अर्यालले जानकारी दिए । रेग्मीले नक्कली इमेलबाट आफ्नै महिला साथीलाई आफूसँग रहेको नग्न तस्बिर सार्वजनिक नगरिदिने हो भने ७० लाख मागेको अनुसन्धानबाट खुलेपछि प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको थियो । पुर्जी लिएपछि रेग्मी पक्राउ परेका हुन् । रेग्मीले ति महिला साथीलाई यौन उत्पीडन दिने, सेक्स एक्स्ट्रोक्सन गर्ने र नग्न तस्बिर सार्वजनिक गरिदिन्छु भन्दे हैरानी दिने गर्थे ।

पक्राउ परेका रेग्मीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]