३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ०३, २०७७

सप्तरी – नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ताअघि बन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका तीन सय ४४ विद्यार्थी मुक्त भएका सो राज्यका गभर्नर अमिनु मासारीले जानकारी दिएका छन् ।

अपहरणमुक्त भएका प्रायः विद्यार्थी छात्र भएको मसारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताएका छन् । हाल ती विद्यार्थी कितसिना राज्यतर्फ फर्किँदै छन् । उनीहरूको स्वास्थ्य उपचार गराई परिवारको जिम्मा लगाइने मासारीले बताए । कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण बन्दुकधारी समूहले अपहरण गरेका थिए ।स्थानीय सञ्चारमाध्यमका अनुसार ती विद्यार्थीलाई छिमेकी राज्यको एक विशाल जंगलमा लगिएको थियो । बन्दुकधारीले गरेको सो हमलामा तीन सय ४४ जना बालबालिका हराएका थिए ।बोकोहराम नामक आतंककारी संगठनले बुधबार ती बालबालिका आफूले अपहरण गरी लगेको र अहिले पनि उनीहरू आफूसँगै रहेका बताएको थियो ।
सो राज्यका गभर्नर मासारीले बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताए ।

बोकोहराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयमा आफूले अपहरण गरेको भन्दै विद्यालयका तीन सय ४४ जना बालबालिका आफूहरूसँग रहेको बताएका थिए ।सो विद्यालयमा आठ सय ३९ जना विद्यार्थी अध्ययनरत छन्। नाइजेरियाको बोकोहरामले विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]