०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ०३, २०७७

सप्तरी – बिहीबार दिउँसोदेखि बेपत्ता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ३ सकरपुराका ६ वर्षीय बालक आनन्द मुखियाको शव फेला परेको छ ।

घरबाहिर खेल्न निस्केका स्थानीय रोहित मुखियाका छोरा आनन्द बिहीबार दिउँसोदेखि बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा शुक्रबार बिहान परालको थुप्रोमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।प्रवक्ता साहका अनुसार बालकलाई गाउँकै स.१त ७७५२ नम्बरको ट्याक्टरले ठक्कर दिएर मारेको र घटना लुकाउन चालकले शव परालको थुप्रोमा लुकाएको थियो । बालकको शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बालकलाई ठक्कर दिने ट्याक्टरका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी प्रवक्ता साहले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]