१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ०३, २०७७

सप्तरी – करिम बन्जाको दुई गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओलाई पराजित गर्दै शीर्ष स्थानको यल सोसिडाड र दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ ।

गएराति भएको खेलमा रियलले दश खेलाडीको विल्वाओलाई ३-१ ले पराजित गर्दै ३ अंक जोडेको हो । सान्टियागो बर्नाबेउमा भएको खेलको १३औं मिनेटमा राउल गार्सिया रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि विल्वाओ १० खेलाडीमा समेटिएको थियो ।पहिलो हाफको इन्जुरी टाइममा टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाए । एक खेलाडी कम हुनका बाबजुद पनि ५२औं मिनेटमा एन्डर कापाले विल्वाओका लागि बराबरी गोल फर्काए ।तर त्यसपछि भने बेन्जामाले लगातार दुई गोल गर्दै रियललाई जित दिलाए । बेन्जामा ७४औं मिनेटमा पहिलो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । इन्जुरी टाइमा बेन्जामा व्यक्तिगत दोस्रो तथा रियलका लागि तेस्रो गोल गरे ।

जितपछि रियलले १३ खेलबाट सोसिडाड र एट्लेटिको समान २६ अंक जोडेको छ । तर गोलअन्तरमा रियल पछि छ । सोसिडाडले १३ र एट्लेटिकोले ११ खेल खेलेको छ । विल्वाओ १३ खेलबाट १४ अंकसहित आठौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]