१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ०३, २०७७

सप्तरी – जिल्ला प्रहरी कार्यालय पर्वत र विपद् व्यवस्थापन गुल्म बाग्लुङको आयोजनामा भिरबाट लडेका व्यक्तिहरुको उद्धारसम्बन्धी सिमुलेसन अभ्यास प्रदर्शनी भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा कुश्मा नगरपालिका-४ काे गुप्तेश्वर गुफासँगैको भिरमा यस्ताे प्रदर्शनी गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले देशका तीन वटै तहका सरकार मिलेर विपद् व्यवस्थापन कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।उहाँले गण्डकी प्रदेश पहाडी भू-भाग भएकाले पनि दैनिकजसो विपद्का घटना भइरहेकाले त्यस्ता ठाउँमा तत्काल उद्धारका लागि तालिम प्राप्त व्यक्तिहरुको आवश्यकता रहेको बताउनुभयो । मन्त्री चुमानले गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई अभ्यास तालिमका लागि विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेर अघि बढेको र स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार मिलेर विपद् व्यवस्थापनका लागि अग्रसर हुनुपर्ने बताउनुभयो ।

पछिल्लो समय जिल्लामा विपद्का घटनाहरु बढिरहेका बेला तत्काल खटिएर घाइतेहरुको उद्धार कार्यमा संलग्न हुन सजिलो होस् भन्ने उद्देश्यले अभ्यास गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीका अनुसार यो वर्ष मात्रै पर्वतमा ४ जनाभन्दा बढीको भिरबाट लडेर ज्यान गएको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]