२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – सरकारले यातायात क्षेत्रमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटाएको छ । बिहीबार स्थानीय प्रशासन र यातायात व्यवसायीबीच ४ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली शुक्रबारदेखि अन्त्य गर्ने सहमति भएको हो ।

जोरबिजोर प्रणालीको अन्त्य गर्नुपर्ने माग गर्दै आएका यातायात व्यवसायी तथा मजदूरहरुले शुक्रबारदेखि जोरबिजोर प्रणालीको अवज्ञा गर्ने घोषणा गरेसँगै प्रशासन आफ्नो पूर्वनिर्णयबाट पछि हटेको हो । बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा यातायात मजदुरका प्रतिनिधिको सहभागिता थियो । सो बैठकले गत साउन २१ गतेदेखि लाग्दै आएको जोरबिजोर प्रणाली हटाउने एक बुँदे सहमति गरेको हो । नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले प्रशासन, व्यवसायी र मजदूरबीच सहमति भएको भन्दै अब यातायात निर्वाध ढंगले सञ्चालन गर्ने अवस्था बनेको बताए । ‘प्रशासन र हामीबीच सहमति भएको छ । सहमति नभएको भए पनि हामी अवज्ञा गर्ने पक्षमा थियौं । जोरबिजोर प्रणालीले कोरोना महामारी अन्त्य गर्दैन बरु बढाउँछ भनेर हामीले भन्दै आएका हौं, प्रशासनले हाम्रो माग पूरा गरेको छ,’ उनले भने । सार्वजनिक यातायात मात्रै नभएर शुक्रबारदेखि सबै प्रकारका यातायातमा लाग्दै आएको जोरबिजोर प्रणाली पनि हट्ने भएको छ । यसबारे प्रशासनले यसअघि जारी आदेशलाई फिर्ता लिनेगरी अर्को आदेश जारी गर्नेछ ।

बिहीबारको सहमति अनुसार यातायात व्यवस्था विभागले यसअघि जारी स्वास्थ्य मापदण्ड व्यवसायी र मजदुरले पालना गर्नुपर्नेछ । यो मापदण्ड पूरा गर्न आफूहरु तयार रहेको अध्यक्ष भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]