१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – त्रिशुली अस्पताल नुवाकोटमा बुधवार (हिजो) देखि सघन उपचार कक्ष सेवा शुरुवात भएको छ ।

अस्पतालको स्तरवृद्धि भएर ५० शैया भएसगैँ सेवा प्रवाहमा देखिएका अभाव पूरा गर्ने क्रममा ती सघन उपचार सेवा सञ्चालनमा ल्याइएको हो ।अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले आवश्यक उपकरण जडानको काम सम्पन्न भएसगैँ बागमती प्रदेश सरकारबाट प्राप्त दुई थान भेन्टिलेटरसहितको सेवा शुरु भएको जानकारी दिए । “दश शैयाको सघन उपचार सेवा अन्तर्गत अस्पतालले दुई वटा भेन्टिलेटरसहित तत्कालको लागि छ शैयाको सघन उपचार कक्ष र चार श्ययाको अक्सिजन शैया (हाई डिपेन्डेन्सी युनिट–एचडीयू) सेवा शुरु भएको छ”, उनले भने, “सेवा सञ्चालनमा आए पनि औपचारिक उद्घाटन भने यही पुस ७ गते वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले गर्नुहुनेछ ।”अस्पतालले कोभिड–१९ बाट गम्भीर बिरामीलाई पहिलो प्राथमिकता दिँदै सघन उपचार सेवा सञ्चालनमा ल्याएको जनाएको छ । सघन उपचार सेवा चलाउन प्रदेश सरकारको सहयोगमा अस्पतालले यसअघि नै कर्मचारी भर्ना र तालीम दिएको थियो । उपकरण जडानको काम पूरा भएसगैँ दक्षजनशक्तिमार्फत सेवा सञ्चालनमा ल्याइएको हो ।विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेको अस्पतालले पुनःनिर्माण पश्चात हाल सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरण, विशेषज्ञ सेवा प्रवाह गरिराखेको छ । यसले नुवाकोटसहित रसुवा र धादिङको बिरामीलाई सेवालिएका छन् ।

अस्पतालमा गत कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला समेत सञ्चालनमा आएको छ । यसका लागि सांसद नारायण खतिवडाले विशेष पहल गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]