१७ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अवरुद्ध भएको रेलमार्ग परियोजनाको कार्य शीघ्र अगाडि बढाउन पहल शुरु गरिने बताउनुभएको छ ।

रेलमार्ग निर्माण हुने भएपछि सो क्षेत्रमा नौ वर्षअघि जग्गाको मूल्याङ्कन गरी मुआब्जा वितरण शुरु गरिएको थियो तर मुआब्जा वितरण वैज्ञानिक नभएको भन्दै २२ घरपरिवारले मुआब्जा लिन मानेका छैनन् । मन्त्री घिमिरेले मुआब्जा विवादका कारण लामो समयदेखि अवरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन आज मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका प्रमुख र प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा सरोकारवालालाई निर्देशन दिनुभयो ।
उहाँले जनप्रतिनिधिविहीनको अवस्थामा स्थानीयवासीको आवाज नसुनिएका कारण रेलमार्गभित्र रहेका करिब २५ बिघा क्षेत्रफलको मुआब्जा रोकिएकोे बताउनुभयो । मन्त्री घिमिरेले पुनःमूल्याङ्कनका लागि हुनेसम्म पहल गर्ने बताउँदै स्थानीयवासीको पीरमर्कालाई बुझ्दै परियोजनालाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “परियोजना जति छिटो बन्छ, त्यति छिटो स्थानीयवासीले यसको लाभ लिनुका साथै आर्थिक लाभ आर्जन गर्न सक्नेछन् ।” उहाँले राजनीतिकरुपमा समस्या समाधानका लागि आफ्नो सक्रिय सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जग्गाको पुनःमूल्याङ्कनको अधिकार जिल्ला प्रशासनलाई नभएको बताउँदै गृहमन्त्रालयबाट आउने निर्णयानुसार गर्ने बताउनुभयो । कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले प्रतिकट्ठा रु आठ लाखभन्दा कम पाउनेले स्थानीयवासीले मुआब्जा नलिएको जानकारी दिँदै पीडितका समस्या समाधान गरी विकास निर्माणको कार्य अघि बढाउन आग्रह गर्नुभयो ।स्थानीय सतनलाल चौधरीले एउटै कित्ताको जग्गाको मूल्याङ्कन फरकफरक भएपछि मुआब्जा नलिएको भन्दै यससम्बन्धी विवाद छिटो मिलाउन आग्रह गर्नुभयो । रेल विभागका साइड इञ्जिनीयर विनोद ओझाले रेलमार्ग निर्माणका लागि सम्पूर्ण कानूनी प्रक्रिया पूरा भइसकेकाले अब चाँडै काम शुरु गर्ने बताउनुभयो ।

दुई वर्षभित्र सम्पन्न गर्नेगरी सन् २०११ मा शुरु भएको भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको १८ दशमलव छ किलोमिटर रेलमार्गमध्ये पाँच किमीमा भारतमा पर्छ भने नेपालतर्फ मोरङको बुधनगरदेखि कटहरीसम्म १३ दशमलव ६ किमी भूभाग पर्दछ । विराटनगर–रङ्गेली सडकसँग जोडिएको कटहरी गाउँपालिकासम्म रेल ल्याउने योजना भए पनि यो मार्गमा काम ठप्प छ । मुआब्जा विवादका कारण रेलमार्गको तीन किमी क्षेत्रमा काम अवरुद्ध रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]