०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७
Sorry No Photo is selected hare

सप्तरी – कृषि उत्पादनको पकेट क्षेत्रका रूपमा परिचित लेखनाथका कृषकले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने गरी तालचोकमा शीतभण्डार (कोल्ड स्टोर) निर्माण गरिने भएको छ ।

गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाद्वारा निर्वाचन पूर्वाधार विकास कार्यक्रमको २५ लाख र लेखनाथ उद्योग वाणिज्य संघको २ लाख ५० हजार गरी कूल २७ लाख ५० हजार रुपैयाँको लागतमा सो शीतभण्डार निर्माण गरिने भएको हो ।स्थानीयस्तरमा उत्पादिन कृषिजन्य वस्तु सुरक्षासँगै उपभोक्तासम्म सुरक्षित तरिकाले पुर्‍याउने लक्ष्यका साथ शीतभण्डार निर्माण गर्ने तयारी भइरहेको बिहीवार पोखरा–२७ मा आयोजित कृषक अन्तक्र्रिया कार्यक्रममा जानकारी दिइयो ।कार्यक्रममा सभापति कोइरालाले शीतभण्डार निर्माणसँगै यस क्षेत्रका कृषकले उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले सरकार र निजी क्षेत्रको सहकार्यमा वाणिज्य क्षेत्रका उद्योगधन्दाभन्दा पनि कृषिमा आधारित उद्योग सञ्चालनको आवश्यकता औंल्याए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानीयस्तरमा उत्पादिन कृषिजन्य वस्तुलाई बजारीकरण गर्न व्यवस्थित तवरले भण्डारण र किसानको लगानी सुरक्षा गर्न कृषिमैत्री कार्यक्रममा जोड दिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]