सप्तरी – चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालमा २९.३७ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। साउनदेखि कात्तिक सम्ममा विभिन्न ५ वटा आयोजनाबाट सो विद्युत प्रसारण लाइनमा जोडिएको हो।
नेपाल विद्युत प्राधिकरणका अनुसार बुटवल सोलार प्लान्टबाट मिती २०७७ साल कात्तिक १४ गतेदेखि ८।५ मेगावाट उत्पादन सुरु गरिएको छ। त्यस्तै हाँडिखोला जल विद्युत आयोजनाबाट भदौ १२ गतेदेखि १ मेगावाट उत्पादन सुरु गरिएको छ। नामार्जुन मादी जल विद्युत आयोजनाबाट आसोज १२ देखि ११।८३ मेगावाट उत्पादन सुरु गरिएको छ। यस्तै उत्पान गरी प्रसारण सुरु गर्ने आयोजनामा माथिल्लो रावाखोलाल जल विद्युत आयोजना पनि पर्दछ। उक्त आयोजनाले असोज ४ गतेबाट ३ मेगावाट उत्पादन सुरु गरेको छ।भने घट्टेखोला जल विद्युत आयोजनाले कात्तिक १५ गतेबाट ५ मेगावाटको विद्युत उत्पादन सुरु गरेको छ।
विभिन्न ५ वटा आयोजनाबाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जेडिए पनि कोरोना भाइरसका कारण आयोजनाहरुको निर्माण कार्य रोकिँदा चालु आर्थिक वर्षमा लक्ष्य अनुरुपको विद्युत उत्पादन हुन नसकेको नेपाल विधुत प्रधिकरणले जनाएको छ।