३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – वीरेन्द्रनगरको सिटी बसपार्कमा सम्झौताविपरीत प्रवेशशुल्क असुल्ने गरिएको पाइएको छ । मोटरसाइकल, अटोरिक्सा, टेम्पोलगायत सवारीसाधनले प्रवेशशुल्क तिरेर मात्र बसपार्कमा प्रवेश पाउँछन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा मोटरसाइकलबाट प्रवेशशुल्क उठाउँदै कम्पनीका कर्मचारी । तस्बिर : कान्तिपुर
नगरपालिकाले तयार गरेको बसपार्क व्यवस्थापन कार्यविधि–२०७६ मा बसपार्क प्रयोग गर्ने र त्यहाँ रात बिताउने साना तथा ठूला सवारीसाधनलाई मात्र प्रवेश तथा पार्किङ शुल्क लिन मिल्ने उल्लेख छ । कार्यविधिमा बसपार्क प्रवेश गरेबापत लामो दुरीमा चल्ने ठूला सवारीसाधनले १ सय रुपैयाँ, साना सवारीले ५० रुपैयाँ, छोटो दुरीमा चल्ने ठूला सवारीसाधनले ५० रुपैयाँ र साना सवारीसाधनले ३० रुपैयाँ शुल्क तिर्नुपर्ने उल्लेख छ । रात बिताउनुपर्ने भएमा प्रतिदिन बसले २ सय रुपैयाँ र माइक्रोबसले १ सय ५० रुपैयाँ तिर्नुपर्ने कार्यविधिमा भनिएको छ । तर मान्छे वा सामान छोड्न, ‘रिसिभ’ गर्न र अन्य केही कामका लागि भित्र प्रवेश गर्ने मोटरसाइकल, अटो र टेम्पोबाटसमेत १० रुपैयाँ लिने गरिएको छ । ‘पार्किङ गर्नुपर्ने भए शुल्क लिनु स्वाभाविकै हो तर एक छिनका लागि भित्र जाँदासमेत पैसा असुल्ने गरिएको छ,’ प्रवेशशुल्क तिरेको रसिद देखाउँदै वीरेन्द्रनगर–८ का यज्ञ कार्कीले भने, ‘कानुनविपरीत पैसा असुल्दा पनि नियमन गर्ने निकाय मौन बसेका छन् ।’ उनका अनुसार बसपार्कमा दैनिक करिब ७ सयको संख्यामा मोटरसाइकल, अटो र टेम्पो प्रवेश गर्छन् । यस हिसाबले कम्पनीले दैनिक सरदर ७ हजार रुपैयाँ सर्वसाधारणबाट कानुनविपरीत असुली गरिरहेको छ ।वीरेन्द्रनगर नगरपालिकालाई मासिक ३१ लाख १५ हजार रुपैयाँ तिर्ने गरी मंसिर १५ देखि पीआर कन्स्ट्रक्सनले बसपार्क व्यवस्थापनको जिम्मा लिएको हो । सम्झौताअनुसार बसपार्क सञ्चालन हुनुअघि नै कन्स्ट्रक्सनले ३ महिनाको भाडा ९३ लाख ४६ हजार रुपैयाँ नगरपालिकालाई बुझाइसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले कार्यविधिविपरीत शुल्क लिएको पाइएपछि निरीक्षण टोली खटाएर अनुगमन गर्ने तयारी भएको बताए । ‘प्रवेश र पार्किङ शुल्क मात्र नभई पसलमा मूल्यसूची टाँस नगरेको गुनासो आइरहेका छन्,’ उनले भने, ‘टोलीको प्रतिवेदनपछि कम्पनीलाई कारबाहीको दायरामा ल्याइनेछ ।’व्यापारिक प्रयोजनका लागि भाडामा दिइने ५४ वटा सटरलाई स्थानका आधारमा फरकफरक मूल्य निर्धारण गरिएको कन्स्ट्रक्सनका प्रबन्धक सञ्जय खड्काले बताए । उनका अनुसार पहिलो प्रकारका ठूला सटरको मासिक भाडादर ५० हजार, दोस्रोको ३८ हजार, तेस्रोको २५ हजार र चौथो तहको मासिक २० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यातायात प्रालिलाई भने वार्षिक रूपमा व्यावसायिक कर मात्र तोकिएको छ । कार्यविधिअनुसार २५ वटासम्म सवारीसाधन भएका प्रालिलाई ५ हजार रुपैयाँ, ५० वटासम्म सवारीसाधन भएका प्रालिलाई १० हजार रुपैयाँ, १ सय वटासम्म गाडी भएका प्रालिलाई १५ हजार रुपैयाँ र सयभन्दा बढी सवारीसाधन भएका प्रालिलाई २० हजार रुपैयाँ वार्षिक शुल्क तोकिएको छ । बसपार्क सेवा प्रयोग सूचीकृत शुल्कबापत ५० वटा सवारीसाधन भएका प्रालिले ५ हजार र ५० भन्दा बढी सवारीसाधन भएका कम्पनीले १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने उल्लेख भएको खड्काले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]