१२ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – सगरमाथा लोकमार्गमा पर्ने दिक्तेल–गाईघाट सडक खण्डअन्तर्गत सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएपछि सिधा यातायात सुरु भएको छ  ।

सगरमाथा लोकमार्गअन्तर्गत पर्ने सुनकोसीस्थित फोक्सिङटारमा बनाइएको अस्थायी बेलिब्रिज । तस्बिर : कान्तिपुर
खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटारको बीचमा पर्ने फोक्सिङटारमा बेलिब्रिज बनेपछि आइतबारदेखि यातायात सेवा खुलेको हो ।रेग्मी निर्माण सेवा कम्पनीले ८४ लाख बजेटमा जडानको काम सकेको सडक कार्यालायका प्रमुख गोपाल खकुरेलले बताए । उक्त बेलिब्रिज करिब ५० मिटर लम्बाइको छ । हिउँदमा बेलिब्रिज लगाउने र वर्षामा झिक्ने भएकाले बर्सेनि लाखौं खर्च हुने गरेको छ । उक्त स्थानमा निर्माणाधीन सडक पुल बेलामा नबनेपछि राज्यको लाखौं खर्च हुने गरेको हो । सिधा यातायात सुरु भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य सस्तो हुने नेपाल चेम्बर्स अफ कमर्स खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताए । उनका अनुसार प्रतिकेजी पाँच रुपैयाँका दरले मूल्य सस्तो हुनेछ । यसका साथै निर्माण सामग्रीको ढुवानी भाडासमेत घट्नेछ ।

फोक्सिङटारमा निर्माणाधीन पक्की आर्क ब्रिजको काममा ठेकेदारको लापरबाहीले पाँच वर्षदेखि बेलिब्रिज लगाइँदै आएको छ । उक्त निर्माण कम्पनीलाई छिटो निर्माणका लागि ध्यानाकर्षण गराउने र अटेर गरे सम्बन्धित निकायमा कारबाही प्रक्रियाका लागि पहल थालिने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]