०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – खोटाङको एक जंगलमा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् ।

खोटाङको साकेला गाउँपालिका – बाँझेच्यानडाँडाको सेखुवामा रहेको खलेबारी जंगलमा टेन्ट गाडेर बसेको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले २२ वर्षीय केवी तामाङ बागध्वजलाई प्रकाउ गरेको हो ।पक्राउ पर्ने तामाङ सोलुखुम्बु सोताङ गाउँपालिका-४ घोंदरेका रहेका प्रहरीले जनाएको छ ।प्रहरीको सर्च अपरेशनबाट तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले लोकपथलाई जानकारी दिए ।‘जंगलमा सेल्टर बनाएर बसेको भन्ने सूचना आयो र नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गएराति तामाङलाई पकउ गरियो ।’ डीएसपी चिमोरियाले भने ।टेन्टबाट नाल भरुवा बन्दुक, राइफल तथा पेस्तोलमा लाग्ने ७३ राउण्ड गोली, बारुद, छर्रालगायत सामानहरु र १७ थान मोबाइल बरामद भएको चिमोरियाले बताए ।तामाङलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङमा राखि हातहतियार खरखजना तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गत मङ्सिर २३ गते मंगलवार मोरङको मिक्लाजुङ-१ रमितेखोलास्थित बर्खे गाउँका राजेन्द्र श्रेष्ठको विप्लव’ नेतृत्वका कार्यकर्ताले हत्या गरेका थिए । ४-५ जनाको समूहमा आएका विप्लव’ नेतृत्वका कार्यकर्ताले श्रेष्ठ घरैबाट उठाएर घरदेखि करिब ३० मिनेट टाढा जंगलमा विभत्स हत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]