१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – काभ्रेपलाञ्चोकको नमोबुद्ध र बनेपा नगरपालिकाले अनलाइन प्रणालीबाट राजश्व भुक्तानीको व्यवस्था गरेको छ ।

सेवाग्राहीलाई घरबाटै राजश्व बुझाउने सुविधाका लागि बुधबारदेखि राजश्व भुक्तानीको व्यवस्था गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद तिमल्सिनाले बताए । सेवा शुरु भएसँगै अब नगरवासीले सम्पत्ति कर, घर बहाल करलगायत कर तिर्नका लागि नगरपालिकासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।अब कर तिर्नका लागि लामो लाइन लाग्नुपर्ने अवस्थाको पनि अन्त्य भएको र कोरोना सङ्क्रमणका कारण उपस्थित हुन नचाहनेका लागि इपेमेन्ट प्रणालीले सहज बनाएको प्रमुख तिमल्सिनाले बताए। उनले भने, “यो एक प्रकारले अनलाइन भुक्तानी हो । यहाँका सेवाग्राही, जनप्रतिनिधि र कर्मचारीलाई प्रविधिमैत्री बनाउने सिलसिलामा इपेमेन्ट प्रविधि लागू गरेका हौं ।”यसैगरी बनेपा नगरपालिकाले पनि डिजिटल प्रणालीमार्फत राजश्व भुक्तानी गर्ने व्यवस्थाको शुरुवात गरेको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेले नगरवासीले घरमा नै बसी ई–सेवा तथा खल्ती एप प्रयोग गरेर राजश्व बुझाउन सकिने बताए ।

अब नगरवासीले सो सेवा प्रयोग गरी सम्पत्ति कर, सरसफाइ, व्यवसाय कर, घर बहाल कर, भूमिसुधार, नवीकरण सेवा करलगायत विभिन्न कर मोबाइलबाट नै भुक्तानी गर्न सकिने उनले बताए । यसअघि धुलिखेल नगरपालिककाले सो सेवाको शुरुवात गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]