११ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका शवहरुको आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार झापाको मेची नगरपालिका–१३ शान्ति टोलस्थित पतिमिल भित्र सोही नगरपालिकास्थित चारआली बस्ने ईलाम मंगलबारे घर भएका ४० वर्षीय कुमार शेर्पा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।यसैगरी, रोल्पाको सुनिलस्मृती गाउँपालिका(३ खारा बस्ने ३८ वर्षीय निमबहादुर घर्ती सोही गाउँपालिका–४ सिर्मे भीरको बाटोबाट करिब ३ सय मिटर तल खसेर बुधबार बेलुका मृत्यु भएको अवस्थामा फेला परेका छन् । मङसिर २८ गते भारतबाट घर फर्कने भनी परिवारलाई जानकारी गराएकोमा घर नआईपुगेपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।त्यस्तै, दार्चुलाको लेकम गाउँपालिका–५ रिठा बस्ने जगदिस बोहरा सोही ठाउँ स्थित जयपुरको भिरबाट लडी बुधबार बेलुका मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]