२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – दैलेखको स्वास्थ्य सेवा कार्यालयमा विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणाली कार्यक्रमका सहभागीहरु
दैलेख । विगतका दिनमा सुगममा मात्रै सेवा सुविधा दिने दुर्गमका नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुने गर्दथे । अब त्यसो हुन नदिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सेवा विभाग व्यवस्थापन महाशाख अन्र्तगत एकीकृत सुचना व्यवस्थापन महाशाखाले नेपालभर विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणाली लागू गरेको छ ।

नेपालको संविधानमा नागरिकले म्याद ननाघेको र गुणस्तरीय औषधी सहजै पाउनुपर्छ भन्ने व्यवस्था गरेकाले जिल्लाका ११ वटै स्थानीय तहहरुमा यो सेवा सुरुवात गरिने भएको छ । स्थानीय तहहरुमा स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीका सूचनाहरु व्यवस्थित बनाउन र दुर्गममा औषधी पुगे नपुगेको जानकारी पाउन,म्याद ननाघेको औषधी प्रयोग भईरहेको छ भन्ने कुरा जानकारी लिनका लागि विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणालीको सुरुवात गरिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगत एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पहलमा यो प्रणाली लागु भएको हो । यो प्रणालीले सुशासनलाई टेवा पु¥याउने विभागको व्यवस्थापन महाशाखा अन्तरगत एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका तथ्यांक अधिकृत शिवलाल शर्मा जानकारी दिए । शर्माले भने ‘विगतका दिनमा सुगममा मात्रै सेवा दिने र दुर्गमका नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुने गरेका थिए, सूचना प्रणाली लागु भएसँगै यस्तो प्रवृति अन्त्य हुन्छ ।’स्थानीय तहको स्वास्थ्य शाखामा खरिद गरिएको औषधी पुग्यो की पुगेन् वा गुणस्तरिय औषधी छ की छैन भन्नेबारे जानकारी लिने यो प्रणालीले सजिलो बनाउने छ । स्वास्थ्यका कार्यक्रम र औषधी खरिदमा बदमासी गर्ने प्रवृति निरुत्साहित हुनेछ ।

कर्णाली प्रदेशका २५ नगरपालिका, ५४ गाउँपालिका गरि ७९ वटा स्थानीय तह सहित मुलुकका ७५३ वटै स्थानीय तहहरुमा विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणाली लागु भईसक्ने शर्माले जानकारी दिए । ‘आगामी दिनमा समन्वयात्मक कार्य सञ्चालनको लागि यसको महत्व (तथ्यांक प्रयोग) सम्बन्धी स्थानीय तहका प्रमुख लगायतलाई अभिमुखिकरण गर्नुपर्छ,’। ‘सूचना प्रणालीका लागि अति आवश्यक कम्प्युटर सेट, इन्टरनेट, पावर व्याकअप र तथ्यांक अपडेट गर्ने जनशक्तिको व्यवस्थापन समेत हुनुपर्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]