सप्तरी – किरात याक्थुङ चुम्लुङ इलामले २०७८ मा हुने राष्ट्रिय जनगणनामा जातरजातिको महलमा ‘लिम्बू’ र धर्मको महलमा ‘किरात’ लेख्न इलामबासी लिम्बू समुदायमा अपिल गरेको छ ।
किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति इलामले एक विज्ञप्ती जारी गर्दै त्यस्तो अपिल गरेको हो । चुम्लुङका सचिव राम योङहाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा जातरजातिको महलमा ‘लिम्बू’ , पूर्खाको भाषाको महलमा ‘लिम्बू’, मातृभाषाको महलमा ‘लिम्बू’, दोस्रो भाषाको महलमा ‘नजिकको आदिवासी जनजातिको मातृभाषा’ र धर्मको महलमा ‘किरात’ लेख्न अपिल गरेको छ ।समानुपातिक समावेशिताको व्यवस्थालाई अधिकारसम्मत एवम् प्रभावकारी रुपमा कार्यान्वयन गर्न र गराउनका लागि जनसंख्यात्मक आधार निर्माणको लागि जातरजातिको महलमा ‘लिम्बू’ लेख्न अपिल गरेको विज्ञप्तिमा उल्लेख छ ।
क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन पक्राउ त्यस्तै मातृभाषाहरूलाई सरकारी कामकाजी भाषाको रूपमा स्थापित गर्न गराउनको लागि जनसंख्यात्मक आधार निर्माणको लागि मातृभाषाको महलमा ‘लिम्बू’ लेख्न, दोस्रो भाषाको महलमा ‘नजिकको आदिवासी जनजातिको मातृभाषा’ लेखाउन र धर्मको महलमा भने धर्मनिरपेक्ष राज्य, बहुधार्मिक, समावेसी र धार्मिक स्वतन्त्रताको हकलाई कायम गर्न गराउन ठूलो घेरामा स्थापित ‘किरात’ लेख्न र लेखाउन आग्रह गरिएको उल्लेख छ ।