सप्तरी – लघुवित्त वित्तिय संस्थाले कोरोना प्रभावित ऋणीलाई साँवा तथा व्याज भुक्तानी गर्ने अवधी ६ महिना थप गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
हाल यस्तो भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम २०७७ चैत्र मसान्त भित्र समान किस्तामा असुल उपर गर्ने व्यवस्था गर्नु पर्नेछ ।
तर, संस्थाले ऋणीको लिखित अनुरोधमा कोभिड – १९ को प्रभावको सघनता र ऋणीको कर्जा भुक्तान गर्ने क्षमताको विश्लेषण गरी भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम कर्जाको भुक्तानी अवधिको समाप्ती पछिको ६ महिनाभित्र समान किस्तामा असुल उपर गर्ने व्यवस्था गर्न वाधा पु¥याएको मानिने छैन ।