सप्तरी – लमजुङमा ३५ वर्षिय महिलाको हत्या भएको छ । सुन्दरबजार नगरपालिका– ४, साविक– दुराडाँडा गाविस– ८ को चारघरे दुराडाँडामा ३५ वर्षिय धनमाया भुजेलको विभत्स हत्या भएको हो ।
चारघरे गाउँका ध्रुव भुजेलकी श्रीमती ३५ वर्षीया धनमाया भुजेल(मगर)को बुधबार विहान हत्या भएको अवस्थामा शब भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनका श्रीमान् ध्रुव स्थानीय सुन्दरजार नगरपालिका– ३ को दुराडाँडा स्वाँरा स्थित सुरवी गाई फर्ममा साँझ बिहान सरसफाईको काम गर्ने गर्दथे ।बुधबार विहान पनि ५.३० बजेतिर उठेर ध्रुव गाई फर्ममा कामका लागि हिँडे । ध्रुवकै भनाई अनुसार उनी काममा जाँदा श्रीमती सुतिरहेकी थिइन् ।गाई फर्मको काम सकेपछि ध्रुव छिमेकको धारापानी गाउँको एक घरमा दाइँ हाल्ने काममा गए । धु्रवका कान्छा भाइ राजकुमार र जेठा छोरा दाइँ हाल्नका लागि गोरु लिन ध्रुवको घर गए ।घरको ढोका खुल्लै थियो । पिंढीदेखि आँगनसम्म रगतका टाटा थियो । भाउजु भाउजु भन्दै बोलाए । कोही नबोलेपछि वरपर खोजे ‘भाउँजुलाई नदेखेपछि छिमेकीलाई खबर गरेर दाजुलाई लिन गएको राजकुमारले बताए ।घरमा रगतको टाटा देखिएपछि छिमेकीले प्रहरीलाई खबर गरे ।
दुराडाँडा प्रहरी चौकीबाट प्रहरी टोली घट्नास्थल पुग्यो मृतक महिलाको शव आँगनको डिलमा रहेको पुरानो गोवरग्याँसको ट्याँकिमा लुकाएको अवस्थामा फेला पर्यो । महिलाको घाँटीमा उनले ओड्ने गरेको पछ्यौरा कसिएको अवस्थामा थियो भने एउटा आँखा फुटेको थियो ।