२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार उनीहरूको काज सरुवा गरेको हो ।

जसअनुसार सूचना तथा प्रसारण विभागका महानिर्देशक किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा गरिएको छ ।अर्थ मन्त्रालयका झक्क आचार्यलाई गृह मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका छवि रिजाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बुद्ध गुरुङलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।गाउँमै उद्यम गर्नेलाई १ प्रतिशत ब्याजमा सहुलियत ऋण यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका राजेश पौडेललाई लोक सेवा आयोगमा, राष्ट्रपति कार्यालयका बद्री अधिकारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कमल भट्टराईलाई प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, बाग्मती प्रदेशका मधुसूदन बुर्लाकोटीलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने बाग्मती प्रदेशमा गृह मन्त्रालयका नारायण भट्टलाई सरुवा गरिएको छ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]