०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएसँगै विभाजनतर्फ उन्मुख भएको नेकपाको विवाद तत्कालका लागि टरेको छ। अध्यादेश फिर्ता लिन ओली तयार भएसँगै संसदको विशेष अधिवेशन बोलाउनका लागि ओली इतरको समूहले गरेको प्रक्रिया पनि रोकिएको छ ।

एउटा खड्गो टरेपनि नेकपा भित्रको पुरानो विवाद भने यथावत नै छ । पार्टीको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच आज पनि छलफल हुने भएको छ । प्रचण्डनिकट स्रोतले दिएको जानकारी अनुसार बिहीबार दिउँसोतिर ओली र प्रचण्डबीच छलफल हुनेछ ।त्यस छलफलमा संवैधानिक पदहरुमा नियुक्तिका विषयमा छलफल हुनेछ । साथै पार्टीको सचिवालय बैठक हुँदै स्थायी समितिमा पुगेका अध्यक्षद्वयका प्रस्तावका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ । अध्यक्षद्वयका प्रस्तावका विषयमा बुधबारको बैठकमा भएको निर्णयका बारेमा दुवै समूहको फरक–फरक दावी रहँदै आएको छ । बैठक सकिने प्रचण्डले प्रस्ताव फिर्ता लिन तयार भएपछि ओली अध्यादेश फिर्ता लिन तयार भनी ओली पक्षको तर्फबाट प्रचार गरिएको थियो।प्रचण्ड–नेपाल समूहले भने दुवै अध्यक्षका प्रस्तावमा स्थायी समिति बैठकमा छलफल गरी बैठकले यसलाई निष्कर्षमा पुर्याउने निर्णय भएको बताउँदै आएको छ । बुधबारको बैठकमा प्रचण्डको प्रस्ताव फिर्ता गर्ने विषयमा भने कुनै निर्णय नभएको जानकारी बाहिर आएको छ। स्रोतले दिएका जानकारी अनुसार बुधबारको ओली–प्रचण्डको छलफलमा पार्टीमा नयाँ समझदारीका विषयमा छलफल हुनसक्ने छ ।

अबका दिनमा दुई अध्यक्षको लेनदेनमा बाँकी पक्षलाई बेवास्ता गर्दै कुनै समझदारी गर्ने पक्षमा भने प्रचण्ड नरहेको स्रोतको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]