०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन माग गरेको छ । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि बुधबार बसेको पदाधिकारी बैठकले संवैधानिक परिषदको गरिमा समाप्त गर्नेगरी अध्यादेश आएको भन्दै तत्काल फिर्ता गर्न माग गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बसेको पार्टी पदाधिकारीको बैठकमा सहभागी नेताहरु ।बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको मर्मविपरीत भएको ठहरसमेत गरेको छ ।बैठकका निर्णयहरु सुनाउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संसद् अधिवेशन छलेर संविधानको मर्मविपरीत अध्यादेश जारी गरी सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उजागर गरेको बताए । उनले भने, ‘संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावनाविपरीत रहेको छ । संसद् अधिवेशन छलेर संविधानको मर्म विपरित अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको छ ।’अध्यादेश जारी भएपछि हुने कुनै पनि निर्णय कांग्रेस पार्टीलाई मान्य नहुने पनि प्रवक्ता शर्माले बताए । उनले भने, ‘संवैधानिक परिषद्को गरिमा समाप्त गरेर जारी गरिएको अध्यादेशपश्चात कुनै पनि निर्णय भएको खण्डमा भएको वा हुने दुवै स्थितिमा नेपाली कांग्रेस पार्टीलाई मान्य नहुने चेतावनी पनि बैठकले दिने निर्णय गरेको छ । यो अध्यादेश अविलम्ब फिर्ता हुनपर्दछ भनेर बैठकले माग गरेको छ ।’

कांग्रेसले संघीय संसद्को अधिवेशन तत्काल बोलाउन समेत माग गरेको छ । प्रवक्ता शर्माले भने, ‘बैठकले संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गर्ने निर्णय गरेको छ र संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेश एवं अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्नलाई कांग्रेस पार्टीको संसदीय दलको बैठक बोलाउनेसम्बन्धी थप छलफल भइरहेको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]