३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – खोटाङमा ७३ राउन्ड गोली र हतियारसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका ४ घोदरेका २२ वर्षीय केबी तामाङ छन् ।

साकेला गाउँपालिका १, सेखुवाको खलेबारी जंगलबाट एकथान एकनाले भरुवा बन्दुक, पेस्तोलमा लाग्‍ने ७ राउन्ड गोली, लामो हतियारमा लाग्‍ने ६६ राउन्ड गोली, भरुवा बन्दुकमा लाग्ने केही छर्रा तथा बारुदसमेत उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय खोटाङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त जंगल सर्च गर्ने क्रममा तीनजना व्यक्ति जंगलतर्फ भाग्दै गरेको अवस्थामा तामाङलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो ।

साथै उक्त टोलीले जंगल पुनः सर्च गर्ने क्रममा बेडसमेतको २ वटा टेन्ट, विभिन्‍न कम्पनीका १७ थान मोबाइल, ८ थान चार्जर, १७ थान सिमकार्ड, ११ थान सहयोग रसिदलगायत विभिन्न सामान पनि बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]