१० फाल्गुण २०८०, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समानन्तर ट्याक्सी-वे निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया अघि बढाएको छ।

विमानस्थलको दोस्रो चरणको आयोजनामा निर्माण हुने उक्त कामका लागि प्राधिकरणले परामर्शदाता छनौट गरेको छ। पहिलो चरणको निर्माणको काम सकिनै लाग्दा प्राधिकरणले दोस्रो चरणको काम पनि अघि बढाएको हो। विमानस्थलमा अहिले रहेको पूरानो धावनमार्ग भएकै लाइनबाट समानन्तर ट्याक्सी-वे निर्माणको काम अघि बढ्ने छ। यसका लागि डिजाइन तथा परामर्श दिनका लागि सिंगापुरको कम्पनी मेनहार्ड पिटिइ लिमिटेड र आरआइटिइएसको सयुक्त उपक्रमलाई छनौट गरेको हो। कम्पनीले यो सेवाका लागि २४ करोड ४० लाख रुपैयाँ कबोल गरेको छ। दोस्रो चरण अन्तर्गत प्राधिकरणले भैरहवामा टर्मिनल भवन निर्माण, समानन्तर ट्याक्सी-वे लगायतका पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ। ६ अर्ब ८२ करोडमा पहिलो चरणको भौतिक निर्माणको काम तथा उपकरण जडानका लागि ४८ करोडको योजना बनाएको प्राधिकरणले दोस्रो चरणमा पनि पहिलो चरणकै बराबरको लागत अनुमान गरेको छ। दोस्रो चरणका लागि पनि प्राधिकरणले एसियाली विकास बैंकको ऋण लिएर आयोजना निर्माण गर्ने भएको छ।

सरकारले उक्त विमानस्थलका लागि भन्दै यसअघि नै ऋण लिने निर्णय गरिसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]