२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – मकुना हात्तीको अवस्था बारे निर्क्योल गर्न चितवनबाट आएको प्राविधिक टोलीले कोशी टप्पु वन्यजन्तु आरक्षमा काम थालेको छ । पशु चिकित्सक सहितको तीन सदस्यीय टोलीले कोशी टप्पुमा आज बिहानैबाट मकुना हात्ती उपर निगरानी सुरु गरेको छ ।

कोशी टप्पु आइपुगेको टोलीमा पशु चिकित्सक डा.अमिर सडौला सहित वन्यजन्तु प्राविधिक तिर्थ लामा र एम्बुलेन्स चालक सुरेन्द्र तामाङ रहेका छन् । सो टोलीले आरक्षको कार्यालय सँगको समन्वयमा जंगली हात्ती मकुना रहेको स्थान पहिचान गरी निगरानी थालेको छ ।डा.सडौलाले दिनुभएको जानकारी अनुसार पहिलो चरणमा जंगली हात्ती मकुनाको हाउभाउ बुझ्ने काम थालिएको छ । हात्तीले वितण्डा मच्चाउनुको पछाडीका सम्भावित कारणहरु प्राविधिकले यकिन गरेपछि अन्य प्रकृया अघि बढ्ने सडौलाले जानकारी दिनुभयो ।मकुनाले जनधनको क्षति पुर्याउँदै आएको विषयलाई स्थानीयले हात्तीको मनस्थिति बिग्रिएको हुन सक्ने आशंका जताएका छ । उनीहरुले हात्ती मार्नु पर्ने माग गरिरहेका छन् ।प्राविधिक टोलीले भने जंगली जनावर स्वभाविक रुपमा हिस्रक हुने भएकाले यसै हो भन्नु पूर्व उसको स्वभावमा आउने परिवर्तन पछाडीका कारण जान्नु महत्वपूर्ण हुने बताएको छ । टोलीले हात्ती भौतारिनु र आरक्ष बाहिर निस्कनुलाई शरीरमा घाउचोट हुनु वा वयस्क भई उन्मत्त अवस्था मध्ये कुनै एक कारण हुन सक्ने अड्कल काटेको छ ।जसको लागि हर्मोन कन्ट्रोल गर्ने देखि अन्य उपचार आवश्यक पर्ने टोलीको भनाई छ । टोलीसँगै रहनु भएका आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले चिकित्सक सहितको टोलीले मकुना हात्तीको अवस्था बारेमा अध्ययन सहितका काम थालिसकेको बताउनु भयो ।

चौधरीले प्राविधिक टोलीले हात्तीको अवस्था र स्वभाव पत्ता लगाएपछि त्यसमा आएको परिवर्तनको कारण खोजेर चिकित्सकले आवश्यक्ता अनुसारको उपचार गर्ने जानकारी दिनुभयो । वहाँले प्राविधिकको राय सुझाव सबैलाई मान्य हुने बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]