०३ माघ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो ।

विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रसारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित प्रसारणमा आएको डिसहोम मिडिया प्रालिले जनाएको छ । डिसहोम मिडिया प्रालिका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल विज्ञापनरहित प्रसारणमा आएका छन् ।

उनका अनुसार विदेशी ब्रोडकास्टले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसक्दा तथा आएका उपकरणसमेत करीब एक महिनाभन्दा बढी भन्सार कार्यालयमा रोकिँदा च्यानल पुनः सञ्चालनमा आउन समय लागेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]