सप्तरी – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले संघीय संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति समक्ष माग गरेका छन् ।
संविधानको धारा ९३ अनुसार संसनको कुल संख्याको एक चौथाई सदस्यको हस्ताक्षर एकत्रित गरी राष्ट्रपति समक्ष पत्र बुझाउने तयारी भएको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन् ।संसद अधिवेशन माग गर्नका लागि चाहिने सांसदको संख्या प्रचण्ड–नेपाल पक्षभित्रैबाट जुटेको छ । नेपाली कांग्रेस नेतृत्वमाथि पनि संसदको विशेष अधिवेशन बोलाउन दबाब बढिरहेका बेला नेकपाको असन्तुष्ट पक्षले त्यसका लागि पहल थालेको हो ।
पूर्व मन्त्री द्वय भीम रावल तथा पम्फा भुषाल राष्ट्रपति कार्यालय शीतल निवासमा एक घण्टादेखि उक्त पत्र बुझाउन प्रतिक्षारत रहेको र सचिवालयले त्यसलाई नबुझेको नेकपा स्थायी समितिका एक सदस्यले बताए ।