०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – प्रधानमन्‍त्री केपी ओलीले संवैधानिक परिषद्को निर्णय आफू अनुकुल गर्न आकस्मिक रुपमा अध्यादेश जारी गरेपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा साढे १ बजे सुरु भएको बैठकमा २९ गतेको देशव्यापी प्रदर्शनको समीक्षा गर्दै ओली सरकारको पछिल्लो कदमविरुद्ध छलफल गरेर कडा निर्णय गर्ने तयारी छ। संविधानमाथि ठाडो हस्तक्षेप गरेर ओली सरकार सर्वसत्तावादी बाटोमा हिड्न खोजिरहेको आरोप कांग्रेसले लगाएको छ। सरकारले ल्याएको अध्यादेशलगायतका विषयमा छलफल गरी निर्णय हुने जानकारी प्रवक्ता विश्‍वप्रकाश शर्माले अन्‍नपूर्ण अनलाइनलाई दिए। बुधबार बस्‍ने बैठकले संविधानिक परिषद्लाई पंगु बनाउने अध्यादेश खारेजी तथा फिर्ता गर्नुपर्ने, संसदको हिउँदे अधिवेशन तत्काल डाक्‍नुपर्ने, उपसभामुखको निर्वाचन तत्काल हुनुपर्नेलगायतका निर्णय गर्दैछ। त्यसैगरी प्रधानमन्‍त्रीको हरेक कदममा सामान्य अध्ययन तथा परामर्शबिना लालमोहर लगाउने राष्ट्रपतिको भूमिकाबारे कांग्रेसले आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने भएको छ।

प्रमुख प्रतिपक्षी नेता र सभामुखको उपस्थितिबिना पनि संवैधानिक परिषद्ले निर्णय गर्नसक्‍ने गरी मंगलबार प्रधानमन्‍त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन्। यसको सबैतिरबाट आलोचना भएको छ। नेकपाभित्रै पनि यसको चर्को विरोध भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]