२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – चितवनमा इजाजत नभएका ३१ लाख बराबरका औषधिसहित ८ जना पक्राउ परेका छन्।

मंगलबार माडी नगरपालिका-९ स्थित सोमेश्वरबाट इजाजत नभएका ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरका औषधि ओसारपसार गर्ने आठ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा कालिका नगरपालिका २८ वर्षीय राजकुमार महतो, ३१ वर्षीय हरिशरण चौधरी, २३ वर्षीय प्रकाश दाहाल छन्। त्यस्तै, माडी बघौडाका २२ वर्षीय बालकृष्ण महत्तो, २२ वर्षीय मिलन महतो, मकवानपुरका २५ वर्षीय सुरज गौतम, २५ वर्षीय उज्वल पोखरेल र २३ वर्षीय विपिन सापकोटा छन्।ठोरीबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ४४२५ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले जाँच गरेको थियो। त्यसक्रममा राजकुमार महतोले बसको डिकीमा बोरामा विभिन्न किसिमका औषधि राखेको प्रहरीले फेला पारेको थियो। प्रहरीले थप अनुसन्धानको क्रममा बालकृष्ण र मिलनको घरबाट पनि औषधि फेला पारेको थियो। उनीहरूलाई प्रहरीले औषधि ओसारपसारमा संलग्न रहेको भन्दै पक्राउ गरेको हो। साथै माडी नगरपालिका-९ बगही खोलाको किनारको झाडीबाट बुधबार बिहान करिब ९ लाख ९५ हजार १ सय रुपैयाँ बराबरका औषधिहरू पनि फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई औषधिसहित थप अनुसन्धान तथा कारबाही गर्न औषधि व्यवस्था विभागमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]