२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – नेपालका सुईबाट लागूपदार्थ सेवनकर्तामध्ये २० प्रतिशतमा हेपाटाइटिस ‘सी’ संक्रमण भएको एक परीक्षणसहितको अध्ययनले देखाएको छ। राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीएन) ले गरेको परीक्षणसहितको अध्ययनले सुईबाट लागूपदार्थ सेवनकर्ताहरुमा हेपाटाइसीस ‘सी’ को संक्रमण अधिक रहेको औंल्याएको हो।

एनएपीएनले लक्षित समुदाय अनुसन्धान तथा पैरवी परियोजना (केपीआरए) अन्तर्गत काठमाडौं उपत्यका, पोखरा र चितवनका सुईबाट लागूपदार्थ सेवनकर्ताहरुको हेपाटाइटिस ‘सी’ संक्रमण परीक्षण अध्ययन गरेको थियो।उक्त अध्ययनमा तीन ठाउँमा एक हजार २९ जना सुईबाट लागूपदार्थ सेवनकर्ताहरुलाई समावेश गरिएको थियो। नमुनाको रुपमा गरिएको उक्त परीक्षण अध्ययनले २० प्रतिशत अर्थात २ सय ६ जना सुईबाट लागूपदार्थ सेवनकर्तामा हेपाटाइटिस ‘सी’ संक्रमण देखिएको एनएपीएनका कार्यक्रम व्यवस्थापक सवीर ओझाले जानकारी दिए।उनले अध्ययनमा सहभागी दुईजना सुईबाट लागूपदार्थ सेवनकर्तामा भने हेपाटाइटिस ‘सी’ सँगै एचआईभी संक्रमण पुष्टि भएको बताए। पहिले नेपालमा सुईबाट लागूपदार्थ सेवनकर्ताहरु एचआईभी संक्रमणको जोखिममा रहेको बताइएको थियो। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकले एचआईभी संक्रमितमध्ये सुईबाट लागूपदार्थ सेवन गर्नेहरु ८.९ प्रतिशतमात्रै रहेको देखाएको छ। केन्द्रका अनुसार अघिल्लो वर्षसम्म नेपालमा ३ हजार २ सय १२ पुरुष, एकसय १२ महिला र तेस्रो लिंगी ९ जना गरी ३ हजार ३ सय ३३ जना सुईबाट लागूपदार्थ सेवनकर्ता रहेका छन्।तर एनएपीएनले हालै गरेको परीक्षणसहितको अध्ययनले सुईबाट लागूपदार्थ सेवनकर्ताहरु एचआईभीभन्दा हेपाटाइटिस ‘सी’ संक्रमणको अधिक जोखिममा रहेको देखाएको हो। केन्द्रको तथ्यांकअनुसार एचआईभी संक्रमितमध्ये २.२ प्रतिशतको मृत्यु हेपाटाइटिस संक्रमणको कारण हुने गरेको छ। नेपालमा हेपाटाइटिस ‘सी’ संक्रमणको प्रभावकारी र कम लागतमा के कसरी परीक्षण सकिन्छ भन्ने उद्देश्यले एनएपीएनले उक्त परीक्षणसहितको अध्ययन गरेको उनको भनाइ छ।

नेपालमा एचआईभीको उपचार भने निःशुल्क छ तर हेपाटाइटिस सीको उपचार खर्च संक्रमित आफैले व्यहोर्नुपर्छ। साथै यो उपचार विधि धेरै महंगो भएकाले साधारण संक्रमितले व्यहोर्न सक्दैन। जसको कारण संक्रमितले ज्यान गुमाउनुको विकल्प हुँदैन।एनएपीएनले उक्त परीक्षणसहितको अध्ययन प्रतिवेदनबारे राजधानीमा कार्यशालासमेत गरेको छ। प्रतिवेदनलाई अन्तिम रुप दिन गरिएको कार्यशालामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रसँगै अन्य सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुको सहभागिता रहेको थियो।कार्यशालाले सुईबाट लागूपदार्थ सेवनकर्ताहरु एचआईभीभन्दा हेपाटाइटिस सीको उच्च जोखिममा रहेको र एचआईभी परीक्षणजस्तै लक्षित समुदायसम्मै पुगेर हेपाटाइटिस सी संक्रमण परीक्षण गर्नुपर्ने निष्कर्ष निकालिएको एनएपीएनका अध्यक्ष राजेश दिदियाले बताए‘लक्षित समुदायमै परीक्षणको व्यवस्था गर्न सके छिटोभन्दा छिटो संक्रमितको पहिचान हुन्छ’, उनले भने, ‘जसले संक्रमण नियन्त्रण गर्न थप सहज हुनेछ।’उनका अनुसार व्यक्ति स्वयम् निश्चित प्रयोगशाला जानुपर्ने बाध्यताले अधिकांशले हेपाटाइटिस सी परीक्षण गराउँदैनन्। गराइहाले पनि उपचार महंगो भएकाले परीक्षण गराएका संक्रमितहरु खुल्न सकेका छैनन्। जसले संक्रमण फैलनसक्ने सम्भावना बढी हुन्छ।

अध्यक्ष दिदियाले एचआईभी जस्तै सरकारले हेपाटाइटिस सीको पनि निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले एचआईभी सँगसँगै हेपाटाइटिस सी परीक्षण गर्न सकिए परीक्षण प्रभावकारी र कम खर्च हुने स्पष्ट पारे। ‘सुईबाट लागूपदार्थ सेवनकर्ताहरुमा हेपाटाइटिस सीको संक्रमण हुन नदिन रणनीतिक योजना बनाएर सरोकारवाला सबैले सहकार्य गर्नुपर्ने अध्ययनले औंल्याएको छ’, अध्यक्ष दिदियाले भने, ‘नत्र लागूपदार्थ सेवनकर्ताहरु एचआईभीले भन्दा बढी हेपाटाइटिस सी संक्रमणले मर्नेछन्।’कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले हेपाटाइटिस सीको परीक्षण र उपचारमा अध्ययन सकारात्मक भएको बताइन्।उनले हेपाटाइटिस सी को परीक्षणमा प्रयोगशालाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाइन्।राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले हेपाटाइटिस सीबारे केन्द्रले राष्ट्रव्यापी अध्ययनको तयारी गरेको जानकारी दिए।हेपाटाइटिस सी परीक्षण र उपचारबारे रणनीतिक योजनाको खेस्रासमेत तयारी अवस्थामा रहेको उनले सुनाए।

उनका अनुसार उक्त रणनीतिक योजनाको आधारमा हेपाटाइटिस सीको उपचारबारे निर्देशिकासमेत तयार गरिरहेको छ। उक्त निर्देशिका तयार भई जारी भएपछि हेपाटाइटिस सी संक्रमण हुँदैमा कुनै पनि नेपालीले उपचारविना मृत्युवरण गर्न नपर्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]