०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – उदयपुरको एक क्रसर उद्योगमा बम बिस्फोट गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सोमबार राति त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटार रहेको सुमन्त कोइरालाको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराइएको थियो । राति आएका अपरिचित ६ जनाले सुरक्षा गार्डलाई नियन्त्रणमा लिइ बम विस्फोट गराएको थिए ।

बम विस्फोटपछि जिल्ला प्रहरी कार्यलय, इलाका प्रहरी बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले आसपासका बस्ती तथा जंगलमा विस्फोट गराउने समूहको खोजी गरेको थियो । सोही क्रममा विस्फोटमा संलग्नको आशंकामा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जङ्गल आसपास बम विस्फोट गराउनेको व्यापक खोजी गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]