२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिले प्रदेशका मन्त्रालयको बेरुजुबारे छलफल गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएको बेरुजुको सम्बन्धमा छलफल गर्न मंगलबार प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बसेको होे ।

महालेखाको प्रतिवेदनले लुम्बिनी प्रदेशका मन्त्रालयहरूको बेरुजु धेरै देखाएकाले सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर छलफल गरेको लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले बताए । ‘बेरुजु धेरै देखियो, कसरी के कारणले धेरै देखियो भनेर सोधेका थियौँ’, उनले भने, ‘आज सबै सचिवले आआफ्नो मन्त्रालयको अवस्थाका बारेमा प्रस्तुत गरे । त्यसमा हामीले व्यापक छलफल गर्यो ।’शुक्रबारसम्म सबै मन्त्रालयलाई पेस्की फछ्र्योटको सेड्युल बनाएर प्रस्तुत गर्न भनेको सभापति चौधरीले जानकारी दिए । त्यसपछि महालेखा परीक्षक कार्यालयका प्रतितिधिसँग बसेर छलफल गरिने उनले बताए ।‘शुक्रबार बिहान १० बजेसम्म सबै मन्त्रालयलाई पेस्की फछ्र्योटको योजनासहित विस्तृत प्रतिवेदन पेस गर्न भनेका छौँ’, उनले भने, ‘सोमबारदेखि महालेखाका प्रतिनिधि, लेखा समिति र मन्त्रालय बसेर दफावार छलफल गर्छौं ।’समितिका सभापति चौधरीको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्य कुलप्रसाद पोखरेल, पार्वती पुन, बसिउद्दिन खाँ, गीता थापा, विष्णु पन्थी, युवराज खनालले मन्त्रालयहरूद्वारा संचालित कतिपय कार्यक्रमहरूमा अनियमितता देखिएको भन्दै विगतमा भएका कमीकमजोरीहरू सच्याउँदै आगामी दिनमा पारदर्शी रूपमा काम गर्नुपर्ने बताए ।

महालेखा परीक्षकको कार्यालयले लुम्बिनी प्रदेश सरकारअन्तर्गत संचालित योजना तथा कार्यक्रमहरूको ९४ करोड ७३ लाख ७२ हजार रुपैयाँ बेरुजु रहेको देखाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]