
सप्तरी – देशको राजधानी एक यस्तो शहर हो, जहाँ मुलुकका प्रशासनिक केन्द्रहरु रहेका हुन्छन् । राजधानीबाटै राष्ट्र प्रमुख, सरकार प्रमुखसहित मन्त्रीदेखि उच्च प्रशासनिक अधिकारीहरूले आफ्नो कार्य गर्छन्। राजधानीहरू प्रायःजसो ठूला शहरहरू हुने गर्दछन्। तर सबै राजधानीहरू सबैभन्दा ठूलो शहर हुनै पर्छ भन्ने छैन। जस्तै भारतको राजधानी नयाँ दिल्ली हो, तर त्यो मुम्बई भन्दा सानो छ।
कुनै देशहरूका एक भन्दा बढी राजधानीहरू हुने गर्दछन्। जस्तै बोलिभियाके दुई राजधानीहरू छन्। त्यस्तै दक्षिण अफ्रिकाको ३ वटा राजधानी छन्। नाउरु भन्ने देशमा एउटै पनि राजधानी छैन। कुनै देशहरू आफ्नो राजधानी समय समयमा परिवर्तन गरिरहन्छन्। यस्तै, आफ्नो राजधानी परिवर्तन गर्ने ९ मुलुकहरुको यहाँ चर्चा गरिएको छ।
राजधानी परिवर्तन यी ९ मुलुक
१. भारत : सन् १९११ भन्दा पहिले भारतको राजधानी कोलकत्ता थियो । तर, तत्कालीन सम्राट जर्ज पाँचौंद्वारा १२ डिसेम्बर १९११ मा नयाँ दिल्लीलाई आधिकारिक रूपमा ब्रिटिश राजको राजधानीको रूपमा घोषणा गरिएको थियो। सन् १९४७ मा ब्रिटिसको उपनिवेशबाट स्वतन्त्र भए पनि भारतले नयाँ दिल्लीलाई आजपर्यन्त मुलुकको राजधानीको रुपमा मान्दै आएको छ ।
२. ब्राजिल : आफ्नो स्वतन्त्रताको दाबी गर्न ब्राजिलले सन् १९६० मा राजधानीलाई परिवर्तन गरेको हो। ब्राजिलले रिओ दे जेनेरियोबाट राजधानीलाई परिवर्तन गरेर ब्रासिलिया बनाएको हो।
३. बोलिभिया : यस देशमा दुई राजधानीहरू छन्। बोलिभियाको संवैधानिक राजधानी सुक्रे हो भने सरकार र कार्यकारीको कार्यस्थान ला पाज हो।
४. नाइजेरिया : नाइजेरिया धेरै देशहरू मध्ये एक हो जसले आफ्नो सरकारलाई सबैभन्दा ठूलो शहर र आर्थिक केन्द्रबाट परिवर्तन गरेर आफ्नो राजधानी अबूजा बनाएको । सन् १९९१ भन्दा अगाडिसम्म नाइजेरियाको राजधानी लागोस थियो।
५. पाकिस्तान : सन् १९५९ मा पाकिस्तानले आफ्नो राजधानी दक्षिणी शहर कराचीबाट परिवर्तन गरेर देशको उत्तरमा रहेको इस्लामवादमा सार्ने निर्णय गरेको थियो।
६. जर्मनी : सन् १९९० अघिसम्म जर्मनीको राजधानी बन शहर थियो। तर, अहिले जर्मनीको राजधानी बर्लिन हो।
७. रुस : रूसले सेन्ट पिटर्सबर्गबाट आफ्नो राजधानी मस्कोमा परिवर्तन गरेको हो। पिटर द ग्रेटद्वारा स्थापित सेन्ट पिटर्सबर्ग सन् १७१२ देखि १९१८ सम्म रुसको राजधानी रहेको थियो।
८. म्यानमार : म्यानमारले आफ्नो राजधानीमात्र परिवर्तन गरेन, यस देशले आफ्नो नाम समेत परिवर्तन गरेको हो। सन् २००५ मा म्यानमारले आफ्नो राजधानी रंगुनबाट परिवर्तन गरेर नेपिडोलाई बनाएको हो।
९. काजकिस्तान : सन् १९९७ मा काजकीस्तानले पुरानो राजधानी अलमाटि शहरबाट परिवर्तन गरेर अस्ताना शहरलाई बनाएको हो। यद्यपि, अलमाटि देशको व्यावसायिक केन्द्र र सबैभन्दा ठूलो जनसंख्या भएको शहर हो। तर, अहीले अस्ताना शहरको नामलाई परिवर्तन गरेर नुर सुल्तान बनाएको विकिपेडियाले देखाउँछ।