११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलन लक्ष्यमै सीमित नहरन राजस्वका निकायलाई निर्देशन दिएका छन्। कोरोना महामारीबीच आएको बजेटमा राजस्व संकलनका लक्ष्य कम निर्धारण भएको भन्दै ती लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न उनले निर्देशन दिएका हुन्।

राजस्व कार्यालय बुटवलको निरीक्षणका क्रममा मंगलबार अर्थमन्त्री पौडेलले राजस्व संकलनमा तीव्रता दिनुपर्ने बताए। ‘अब लक्ष्य यति थियो भनेर होइन लक्ष्यभन्दा धेरै राजस्व संकलन गर्ने गरी काम गर्नुस्’, उनले भने, ‘कोरोना महामारीबीच अर्थतन्त्र चलायमान भइरहेको छ। राजस्व संकलनमा पनि सोही अनुरूप कार्यक्रम बनाउनुस्।’ मन्त्री पौडेलले राजस्व संकलनका क्रममा सेवाग्राहीलाई दाताको रूपमा व्यवहार गर्न आग्रह गरे। करदाता र राजस्व कार्यालयबीच सुमधुर र विश्वासको सम्बन्ध आवश्यक रहेको भन्दै मन्त्री पौडेलले बुटवलको कार्यालय नमुना छ भन्ने देखाउन त्यहाँका कर्मचारीलाई आग्रह गरे। करदाताले राजस्वबाट पन्छिन नहुने भन्दै संकलन कार्यालयले समेत त्यसअनुरूप निगरानी बढाउनुपर्ने मन्त्री पौडेलले बताए।वर्तमान समयमा सरकारले मुठी फुकाएर काम गर्न सक्ने अवस्था नरहेको भन्दै कार्यालय सञ्चालनदेखि हरेक खर्चमा मितव्ययिता अपनाउन आग्रह गरे। ‘खर्चमा मितव्ययिता अपनाउनुपर्छ, अहिले मुठी फुकाएर खर्च गर्ने अवस्था छैन’, उनले भने।अर्थमन्त्री पौडेलले बुटवलकै कान्ति माविको शैक्षिक एवं छात्रावास भवनको शिलान्यास गर्दै वर्तमान सरकारले नै पाँच वर्ष शासन गर्ने बताए। जनताका अपेक्षा पूरा गर्ने दायित्व यही सरकारको भएको भन्दै पार्टीभित्रको समस्याले सरकार अप्ठ्यारोमा नपर्ने बताए। ‘निर्वाचनमा जनताले दिएको जनादेशअनुसार काम गर्नका लागि सरकार आएको हो, यसले निरन्तर काम गर्छ। यसमा विश्वस्त हुनुहोस्’, उनले भने।नेकपाका महासचिवसमेत रहेका पौडेलले नेकपा विभाजन गर्न खोज्ने तत्व सफल नहुनेसमेत दाबी गरे।

‘नेकपाभित्रको अन्तरविरोधमा हात्तीको जस्तै सुँड छिराएर पार्टी विभाजन गर्न खोज्ने सफल हुने छैनन्’, उनले भने। अर्थमन्त्री पौडेलले रूपन्देहीमा निर्माण भइरहेका सैनामैना चक्रपथ, बुटवलको कालिकापथजस्ता महŒवपूर्ण पूर्वाधारको अवलोकनसमेत गरेका थिए। सो अवसरमा उनले बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक छिट्टै निर्माण सक्न निर्देशनसमेत दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]