११ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – फालेलुङ गाउँपालिकामा पहिरो पीडितका लागि बनाइएको एकीकृत बस्ती अलपत्र परेको छ ।

निर्माण गरिएका बस्तीमा बिजुली, शौचालय तथा खानेपानीसहितका संरचना निर्माण नहुँदा लाखौँ खर्च गरेर बनाइएका संरचना अलपत्र परेका हुन् । तीन वर्षअघि पहिरोबाट विस्थापित भएका ३ र ४ नम्बर वडाका स्थानीयका लागि फालेलुङ गाउँपालिका र १ नम्बर प्रदेश सरकारको सहयोगमा बस्ती निर्माण गरिएको हो । तर, अझै आवश्यक पूर्वाधार भने निर्माण हुन सकेको छैन ।प्रदेश सरकारको ५० लाख र गाउँपालिकाको १७ लाख बजेटमा १५ घर निर्माण भएका छन् । तीन वर्ष अघि गएको पहिरोबाट ४८ परिवार विस्थापित भएका थिए । एकीकृत बस्ती हस्तान्तरण हुन नसक्दा उनीहरू अहिले पनि आफन्तको शरणमा छन् । यता, आवश्यक पूर्वधारहरु पुरा गरेर तत्कालै बस्ति हस्तान्तरण गर्ने तयारी भईरहेको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले वताउनुभयो ।

चैतसम्ममा बस्ती हस्तान्तरण गर्ने तयारीमा आफूहरू जुटेको वडा अध्यक्ष वीरविक्रम थाम्सुहाङको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]