१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ ।

अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका–३ स्थित केबी एण्ड सन्स नेपाल, सिरहाको चोहर्वास्थित महावीर फुड प्रोडक्ट र लहान नगरपालिका–३ स्थित स्टार चिप्स उद्योगविरुद्ध मुद्दा चलाएको हो । तीनवटै उद्योगविरुद्ध खाद्य ऐन, २०२३ अन्तर्गत जिल्ला प्रशासन कार्यालय सिरहामा मुद्दा चलाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो ।यसैबीच बजारमा कालोबजारी बढेको जनगुनासोपछि सिरहामा खाद्यान्न उद्योग र पसलको संयुक्त अनुगमन शुरु गरिएको छ । कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य वस्तु खरिद बिक्री गर्न, सरल र सहजरूपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले सिरहाको प्रमुख बजारमा रहेको खाद्यान्न तथा मिठाइ पसलको अनुगमन शुरु गरिएको हो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइमा सदरमुकाम सिरहा, लहान, मिर्चैया, गोलबजारलगायतका बजारमा थालिएको अनुगमनका क्रममा ठूलो मात्रामा म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको प्रमुख सिंहले जानकारी दिनुभयो । पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, पञ्जालगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताउनुभयो ।पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको उहाँले जानकारी दिनुभयो ।

पाँच शय्याको कोभिड अस्पताल स्थापना;
सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको तीन महिनाको प्रयासमा कोभिड अस्पताल स्थापना भएकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले बताउनुभयो ।

स्थापना गरिएको कोभिड अस्पतालका लागि एक मेडिकल अधिकृत डा राकेश यादवसहित दुई स्टाफ नर्स र एक अस्पताल रेखदेख गर्ने पालेलाई नियुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]