०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – सरकारले अब वीर अस्पतालमा ५ सय क्षमताको बेडसहित कोरोना भाइरस (कोभिड—१९) संक्रमितको उपचार गर्ने तयारी गरेको छ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो दुई महिने कार्ययोजना सार्वजनिक गर्दै मंगलबार दुई महिनाभित्र वीर अस्पतालमा ५ सय क्षमताको बेडसहितको कोभिड संक्रमितको उपचार व्यवस्था गर्न लागिएको जानकारी गराएका छन् ।

सरकारले वीरमा कोरोना संक्रमितको उपचार गर्दै आएकामा अब ५ सय क्षमताको बेडसहित उपचार गराउने तयारी गरेको हो । मन्त्री श्रेष्ठले गोदावरीमा निर्माणाधीन सभाहल बनाइसक्ने र दमकको भ्यु टावरको निर्माणलाई गति दिने योजना अघि सारेका छन् । कार्ययोजना सार्वजनिक गर्दै उनले आफू मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताए ।मन्त्रालयमा कार्यभार सम्हालेको दुई महिनाको समीक्षापछि मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अब विकास निर्माणमा मात्र केन्द्रित रहने बताए । मन्त्रालय मातहतका सबै निकाय र आयोजना प्रमुखसँग दुई महिनाभित्र सम्पादन गर्ने कामको लिखित कार्ययोजनासहित प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी काम सुरु गरेका मन्त्री श्रेष्ठले विकास निर्माणको कार्यलाई नमुनाका रूपमा अघि बढाउने बताए ।‘माघ मसान्तसम्म गोदावरीको सभाहल निर्माण सम्पन्न हुनेछ । धोबीखोला करिडोरको बिजुलीबजारको पुलको अन्डरपास तयार भएर सञ्चालनमा आउनेछ,’मन्त्रीको कार्यभार सम्हालेपछि आफूले अनुगमन गरेका सबै विकास निर्माणको कामलाई तोकिएकै समयमा सम्पन्न हुने बताए । ‘माघ मसान्तसम्म गोदावरीको सभाहल निर्माण सम्पन्न हुनेछ । धोबीखोला करिडोरको बिजुलीबजारको पुलको अन्डरपास तयार भएर सञ्चालनमा आउनेछ,’ उनले भने ।उनले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव डा. रमेशप्रसाद सिंहले मन्त्रालयले जारी गरेको १८ बुँदे कार्ययोजना र भावी कार्यक्रमलाई लागु गराएरै छाड्ने बताए ।
सुरुवात विवादास्पद देखिए पनि परिणाम राम्रो आउने आशा गरौं दुई महिना अवधिमा मन्त्रालयले बन्चरेडाँडामा फोहोर व्यवस्थापन सुरु गर्ने, उपत्यकालगायत देशभरका नगरपालिकाको फोहोरमैलाको आधुनिक प्रविधि अवलम्बन गरेर व्यवस्थापन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेस गर्न विज्ञ प्राविधिकको संयोजकत्वमा उच्चस्तरीय टोली गठन गर्ने, ३७ हजार ५ सय फुसको छानावाला घरमा जस्तापाता हाल्नेलगायतका योजना सम्पन्न गर्ने घोषणा भएको छ ।

त्यस्तै दुई महिनाभित्र बूढानीलकण्ठमा निर्माणाधीन कालिका पार्क, नौलिन भद्रकाली, जगन्नाथ र भूकम्प स्मृति पार्क, ललितपुरको गणशेमान पार्क, देवीस्थान पार्क, फ्रेन्ड्स कोलोनी पार्क र नागदह पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।निर्माणाधीन सय मिटर उचाइको दमक भ्यु टावरको निर्माणलाई तीव्रता दिने, मोरङको उर्लाबारीमा लोपोन्मुख सन्थाल जातिको एकीकृत बस्ती विकास कार्यक्रमको कार्ययोजना तयार गरी निर्माण प्रक्रिया अघि बढाइने, देशभित्रका स्वास्थ्य भवनअन्तर्गतका थप १० वटा रुग्ण आयोजनाको व्यवस्थापन गरिने, सहरी सडक मापदण्ड लागु गराउने, सहरी सडकमा समेत साइकल लेन व्यवस्थापन गर्न गठित प्राविधिक टोलीका सुझावलाई कार्यान्वयनमा ल्याइनेलगायतका विषय कार्ययोजनामा उल्लेख छन् ।कार्ययोजनामा २०७२ सालको विनाशकारी भूकम्पको क्षतिलाई मध्यनजर गरी भूकम्पप्रतिरोधी भवन निर्माण गर्न भवन संहिता १०५ (एनबीसी)लाई परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको छ ।

सो संहितालाई थप सरलीकरण गरी कार्यान्वयनलाई प्रभावकारी बनाइने उल्लेख छ । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले योजना हचुवाको नभई व्यापक छलफल गरेर तयारी गरेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]