१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – काठमाडौँबाट गोरखाबजार हुँदै सोती जाँदै गरेको रात्रीबस बुधबार बिहान दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन्।

ग १ ख ९४४६ नम्बरको रात्रीबस भीमसेन थापा गाउँपालिका ३ को मुरलीचोकमा दुर्घटना हुँदा पाँच जना घाइते भएका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए।घाइते हुनेहरुमा धार्चे ६ का ५० वर्षीय सुरमान घले, भीमसेन थापा गाउँपालिका ३ का २९ वर्षीय उत्तम पुडासैनी, ३० वर्षीय मनोज पुडासैनी र उज्वल पुडासैनी रहेका छन्। त्यस्तै धार्चे २ केरौँजाकी ३२ वर्षीया कान्छी गुरुङ रहेको प्रहरीले जनाएको छ।उनीहरुको टाउको र छात्तीमा चोट लागेको छ। गम्भीर घाइते तीन जनालाई काठमाडौँ र दुई जनालाई गोरखा अस्पतालमा उपचारका लागि लगिएको प्रहरी निरीक्षक अधिकारीले बताए।बसमा करिब ४० जना सवार रहेको र अन्यको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

चालक तोपमान तामाङ निदाएका कारण बस खसेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]