११ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – दुईजना युवकको हत्या गरेको अभियोगमा ब्राजिलका दुईजना प्रहरी अधिकारीलाई रियो दि जेनेरियो शहरबाट गिरफ्तार गरिएको छ । सुरक्षा क्यामेराबाट खिचिएका तस्वीरमा तिनीहरूले एउटा मोटरसाइकलमा रहेका दुई युवकलाई गोली हानेर एउटा कारमा राखेर लगेको देखिन्छ ।

तिनीहरू पछि मृत अवस्थामा फेला परेका थिए । रियोको गरिब उपनगरले परिचित बेलफोर्ड रोकसोमा भएको यस घटनाले प्रहरीको क्रुर र गैरजिम्मेवारपूर्ण व्यवहार प्रतिविम्बित भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । ब्राजिलियन प्रहरीमाथि प्रायशः काला जातिका युवाहरूमाथि यसरी ज्यादती गर्ने गरेको आरोप लाग्दै आएको छ ।राजनीतिक समीक्षकहरूले पूर्वसैनिक क्याप्टेनसमेत रहेका राष्ट्रपति जाइर बोल्सोनारोले प्रहरीलाई आवश्यकभन्दा बढी आक्रमक बन्ने अधिकार दिएको बताउँछन् । विशेषगरी, उनले प्रहरीलाई लागुऔषध कारोबार हुने गरेका सुकुम्बासी क्षेत्रहरूमा कडा कदम चलाउन आह्वान गरेको बताइएको छ ।

उनले ‘अपराधीहरूलाई उडुस र साङ्लोलाई जस्तै मार्नुपर्ने’ भन्ने गरेको बुझिएको छ । ती दुवै प्रहरीलाई पक्राउ गरी रियो दि जेनेरियो सैनिक प्रहरी कारगार इकाइमा ल्याइएका छन् । हाल तिनीहरूको हतियार खोसेर सोधपुछ गर्ने कार्य जारी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]