२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – साउनयता लागुऔषध कारोबार बढ्दो क्रममा देखिएको छ । प्रहरीले दैनिक औसत १० जना कारोबारीलाई पक्राउ गरिरहेको छ । साउनदेखि कात्तिकसम्ममा एक हजार दुई सय ४१ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरको भनाइमा साउनयता लागुऔषध कारोबारविरुद्धको कारबाहीमा प्रहरीलाई ठूलो सफलता मिलेको छ । ‘प्रहरी सक्रियता, प्रविधिको प्रयोग र नागरिकसँग सहकार्यका कारण चार महिनायता १२ सयभन्दा धेरै लागुऔषध कारोबारी पक्राउ परेका छन्,’ एसएसपी कुँवरले भने ।पक्राउ परेकामध्ये एक हजार एक सय ५७ पुरुष, ४६ महिला र ३८ जना विदेशी नागरिक छन् । तीमध्ये सात सय ९३ वटा मुद्दा अदालतमा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम र कोकिन सेवनकर्ता र ओसारपसारमा संलग्न व्यक्ति हुन् । उनीहरूबाट दुई हजार चार सय ५७ किलो गाँजा, एक सय ९१ किलो चरेस, दुई किलो आठ सय ३७ ग्राम हेरोइन र एक सय ९१ किलो अफिम बरामद भएको छ । यस अवधिमा ४५ बिघा र दुई सय २५ रोपनीमा लगाइएको करिब दुई लाख ५६ हजार गाँजाका बोट प्रहरीले नष्ट गरेको छ ।यो अवधिमा गाँजा प्रदेश २ बाट सबैभन्दा धेरै एक हजार तीन सय सात किलो बरामद भएको छ । यस्तै, लुम्बिनी प्रदेशबाट चरेस सबैभन्दा धेरै ८२ किलो पाँच सय पाँच ग्राम बरामद भएको छ । लुम्बिनीबाटै ६ सय ९७ किलो हेरोइन र एक सय ३२ किलो अफिम बरामद भएको छ । गत चैतदेखि असारसम्ममा लागुऔषधसम्बन्धी अपराधमा संलग्न आठ सय ४१ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा सात सय ८१ पुरुष, ३३ महिला र २७ जना विदेशी नागरिक थिए । त्यस अवधिमा अदालतमा पाँच सय १० वटा मुद्दा दर्ता गरिएका थिए ।प्रहरीले लामो समयदेखि लागुऔषध सेवनका असरबारे सचेतना तथा कारोबारी र सेवनकर्ताविरुद्ध कारबाही चलाइरहेको छ । त्यसका बाबजुद कारोबार र ओसारपसार रोकिएको छैन ।

‘खुला सिमाना, लागुऔषधको सहज प्राप्ति, ग्रामीण क्षेत्रमा हुने गाँजा र अफिम खेतीको भरपर्दो अनुगमन प्रणाली अभाव, बजेटको सीमितताजस्ता कारणले लागुऔषध नियन्त्रणमा अझै चुनौती छ,’ एसएसपी कुँवरले भने, ‘तैपनि, नेपाल प्रहरीले नयाँ कार्यविधि र शैली अपनाई अनुसन्धान तीव्र बनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]