११ फाल्गुण २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले म्याद बुझ्न अस्विकार गरेका छन् ।

विशेष अदालतले नौ महिना पहिले जिल्ला अदालतमार्फत जारी गरेको म्याद गच्छदारले बुझ्न नमानेका हुन् । विशेषले १९ फागुन २०७६ मा उनको नाममा म्याद जारी गरेको थियो ।विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले म्याद तामेली नभएको पुष्टि गरे । उनी भन्छन्, ‘उहाँको म्याद तामेल भएको छैन ।’अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छादार सहित १७५ जना विरुद्ध विशेष अदालतलाई आरोपपत्र दर्ता गरेको थियो । उनले उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री भएका बेला सरकारी र सार्वजनिक जग्गामा मोही कायम गराउने प्रस्ताव लगेका थिए ।२०५३ साल यता मोही कायम हुँदैन । गैरकानुनी प्रस्ताव लगेर उनले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । गच्छदारले भूमि व्यवस्था मन्त्रालयको क्षेत्राधिकार समेत मिचेका थिए ।

गच्छदार मन्त्री हुँदा भौतिक योजना सचिव रहेका दिप बन्स्यान्तलाई भने विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]