२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – ट्वीटरबाट सम्पर्क गर्दै ९ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका एक पुरुषलाई जापानमा मृत्युदण्डको सजाय सुनाइएको छ । सन् २०१७ मा पक्राउ परेका ताकाहिरो शिराइसीलाई उक्त हत्या काण्डमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको हो ।

शिराइसी ‘ट्वीटर किलर’ उपनामले कुख्यात बनेका थिए । गत अक्टोबरमा उनले आफूमाथिको अभियोग स्वीकार गरेको जापानका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनले हत्या गरेकामध्ये अधिकांश भर्खरका युवती छन्३० वर्षीय अभियुक्तले युवतीहरुलाई ट्वीटरमार्फत साथी बनाउने र उनीहरुलाई आफ्नो घरमा बोलाएर आत्महत्याका लागि प्रेरित गर्ने गर्थे । तनावमा रहेका युवतीहरुलाई सहज आत्महत्याका लागि सघाउने मात्र होइन, कि उनीहरुसँगै आफू पनि मर्ने वाचा उनले गर्थे ।

सन् २०१७ को हालोविनमा प्रहरीले टोकियो नजिक रहेको शहर जामास्थित शिराइसीको फ्ल्याटमा अंगभंग भएको शव फेला परेका थिए । यसअघि उनका वकिलहरुले सम्वन्धित युवतीहरुकै इच्छामा उनीहरुलाई हत्या गरेको भनेर सजाय घटाउनुपर्ने मत राखेका थिए । तर, पछि शिराइसीले उनीहरुको हत्या गरेको स्वीकार गरे ।

अदालतले यस मामलामा पूर्णरुपमा शिराइसीलाई जिम्मेवार ठहर्याएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]