सप्तरी – भन्सार छली ल्याएको करिब १ लाख ४७ हजार रूपैया मूल्य बराबरको २ हजार ४ सय ६० केजी चिनी र ३ थान मोटरसाईकल सहित ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
सुनवर्सी नगरपालिका-७ गुद्री चोकमा भारतबाट नेपालतर्फ अवैधरूपमा चोरी पैठारी गरी ल्याउँदै गरेको करिब १६ लाख रूपैयाँ मूल्य बराबरको ट्याक्टर सोमबार बेलुका प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी बरडंगाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त ट्याक्टर नियन्त्रणमा लिएको हो।यसैगरी धनपालथान गाउँपालिका-४ मा भारतबाट भन्सार छली ल्याएको करिब १ लाख ४७ हजार रूपैया मूल्य बराबरको २ हजार ४ सय ६० केजी चिनी र ३ थान मोटरसाईकल सहित ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका-१ बस्ने २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका-२ बस्ने १७ वर्षीय किशोर, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर र १९ वर्षीय रूपेश मण्डल छन्।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूको साथबाट भन्सार छलि ल्याएको चिनी र उक्त सामान ल्याउन प्रयोग भएका को.१८ प ५७४३ नम्बर, को.२२ प १६४४ नम्बर र को.११ ६६५९ नम्बरका मोटरसाइकल समेत बरामद गरेको हो।
ट्याक्टर तथा बरामद सामान आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।