१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – सुर्खेतको छिन्चुमा २ सय मेट्रिकटन क्षमताको कोल्ड स्टोर सञ्चालनमा आएको छ । भेरीगंगा नगरपालिका–१२ छिन्चुमा कर्णालीको पहिलो कोल्ड स्टोर सञ्चालन ल्याइएको हो । चार कोठा रहेको कोल्ड स्टोरमा प्रति कोठा ५०/५० टन तरकारी तथा बीउ राख्न सकिने क्षमताको छ । कोल्ड स्टोर नारी जागरण बहुद्देश्यीय कृषक समूहले निर्माण गरेर सञ्चालनमा ल्याएको हो ।

२ करोड २० लाखको लगानीमा ६ रोपनी जग्गामा निर्माण गरिएको कोल्ड स्टोरमा कृषि विकास निर्देशनालय कर्णाली प्रदेशको ७० लाख, भेरीगंगा नगरपालिकाको ६५ लाख, साना तथा मझौला आयस्तर वृद्धि परियोजनाको ३९ लाख, नारी जागरणको २९ लाख, कृषि मन्त्रालयको १५ लाख, गुर्भाकोट नगरपालिकाको २ लाख लगानी गरिएको छ । कर्णालीमै कोल्ड स्टोर निर्माण गरिएपछि आलु, तरकारी, फलफूल, बिउ कोहलपुर पुर्‍याउनु पर्ने बाध्यता अन्त्य भएको छ ।

कोल्ड स्टोरको सोमबार कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उद्घाटन गरेकी छन् । उद्घाटन गर्दै मन्त्री केसीले अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी मुलुक समृद्धिको बलियो आधार भएको बताइन् । साथै उनले आर्थिक समृद्धिको नेतृत्व अब सहकारीले लिनुपर्नेमा जोड दिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]