सप्तरी – मोर्डना भ्याक्सिन कम्पनी साइबर आक्रमणको शिकार बनेको छ । कम्पनीले साइबर आक्रमणबाट आफ्ना केही महत्वपूर्ण डकुमेन्ट चोरी भएको बताएको हो ।
खास कुरा भनेको कम्पनीलाई यस कुराको बारेमा जानकारी नै थिएन । यसबारे पहिलो सूचना यूरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले दिएको थियो ।द गार्जियनको एक रिपोर्टका अनुसार, यो डकुमेन्ट त्यो समयको हो, जब कम्पनीले कोरोना भ्याक्सिनको स्वीकृतीका लागि सरकार समक्ष दस्तावेज पठाइरहेको थियो । यस क्रममा उक्त डकुमेन्ट चोरी भएको बताइएको छ ।
ईएमएले जानकारी दिनु महत्वपूण थियो किनकि यो यूरोपेली देशहरुमा भ्याक्सिनलाई अनुमति दिन नियामक निकाय हो । उसले कयौँ महिना पहिले नै केही कम्पनीहरुको भ्याक्सिनको डाटा तलमाथि हुनसक्ने भन्दै आशंका व्यक्त गरेको थियो ।