१० बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद पार्टीको आन्तरिक बैठकहरूसम्म मात्र सीमित बनेको छैन ।

छताछुल्ल हुँदै विभिन्न क्षेत्रमा फैलिन पुगेको स्पष्ट देखिएको छ । जसको पछिल्लो उदाहरण हाे संवैधानिक परिषद्को बैठक पटकपटक स्थगित हुनु । नेकपाबाटै सभामुख बनेका अग्निप्रसाद सापकोटा सहभागी नभएपछि मंगलबार अर्थात् आज बिहान डाकिएको परिषद्को बैठक कोरम नपुगेपछि बस्न सकेन । सभामुख सापकोटाले बैठकबारे समन्वय हुन नसकेको भन्दै सहभागी नहुने जनाएको भनिए पनि नेकपाभित्रको विवादको असर त्यहाँसम्म पुगेका कारण सापकोटा सहभागी नभएको स्रोतले दाबी गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्को बैठकबाट प्रधानमन्त्री ओलीले आफ्नो पक्षका मानिसहरूलाई संवैधानिक निकायमा नियुक्ति गर्ने भन्दै पुष्पकमल दाहाल–माधव नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएकाे छ । यस्तो सन्दर्भमा सभामुख सापकोटा बैठकमा नगएका हुन् । यसअघि आइतबार डाकिएको परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नआउने जनाएपछि स्थगित भएको थियो । साथै सो बैठकमा पनि सभामुख सापकोटाले सहभागिता नजनाउने जनाएका थिए । एउटै दलबाट बनेकाे सरकारका प्रधानमन्त्रीले बाेलाएकाे बैठकमा एउटै दलबाट बनेका सभामुख सहभागी नहुनुले स्पष्ट रूरुपमा राजनीतिक विवादकाे दरार छताछुल्ल पारेकाे एक राजनीतिक विश्लेषककाे ठहर छ ।आजको बैठकमा सहभागी हुन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा भने बैठकस्थल पुगेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायतका विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्ति गर्नुपर्ने भएपछि प्रधनमन्त्री ओलीले परिषद्को बैठक डाकेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]