०२ चैत्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – दाङको पत्रेखोलामा पुल निर्माणको काम पुनः शुरु भएको छ । घोराही–तुलसीपुर सडकखण्डमा पर्ने पत्रेखोला पुलको पुनः डिजाइन स्वीकृत भएर आएपछि निर्माण शुरु भएको हो ।

पुलको सुपरस्ट्रक्चर डिजाइन स्वीकृत भएर आएपछि अहिले पुल ढलानको काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर अमिर सुवेदीले बताए ।यसअघि सोही खोलामा दुईवटा पिलर मात्रै निर्माण गरिएको थियो । विसं २०७३ मा पुलको सुपरस्ट्रक्चर नमिलेको भन्दै पुनः पुलको डिजाइन गर्नुपर्ने भएपछि पुल निर्माणको काम रोकिएको थियो । यही पुसमा काम सक्नुपर्ने भए पनि कोरोनाका कारणले काम शुरु हुन नसकेकाले छ महिनाका लागि पुनः म्याद थप गरिएको छ दुई वर्षभित्र पुल निर्माणको काम सक्ने गरी विसं २०७१ असोज ११ गते निर्माण कम्पनी शङ्करमाली निर्माण सेवाले ठेक्का सम्झौता पाएको भए पनि पटक–पटक म्याद थप गर्दा पनि पुल निर्माणको काम अघि बढ्न सकेको थिएन । अहिले पनि पुनः शङ्करमालीले नै निर्माणको जिम्मा पाएको छ ।

सोही पुल निर्माणका लागि रु साढे चार करोड बजेट रहेको छ । पुल निर्माण नहुँदा यात्रुहरुले निकै सास्ती खेप्नुपरेको छ । बर्खामा बाढी आएमा आवतजावत नै ठप्प हुने गर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]