०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

राजविराज : १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा अदालतले सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई आठ वर्ष कैद सजायको फैसला गरेको छ।

जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलाशले थुनामा रहेका आरोपितलाई आठ वर्ष कैद सजायको फैसला गरेको हो। बलात्कारको अभियोगमा पक्राउ परेका चमार अदालतको आदेशमा ०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन्।

सप्तरी जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अभियुक्तलाई आठ वर्ष कैद सजायका साथै १० हजार रुयैयाँ जरिवानाको फैसला समेत भएको छ। शम्भुनाथ नगरपालिका–५ मोहनपुर घर भएका चमारले शम्भुनाथ नगरपालिका–२ मा काठको फर्निचर पसल सञ्चालन गरी बसेका थिए।
फर्निचर पसलको बाटो भइ हिंडने बालिकालाई उनले ललाईफकाई पटक–पटक बलात्कार गरी गर्भवती बनाएपछि प्रहरी कार्यालयमा उजुरी परेको थियो।
पटक–पटक आरोपितले बलात्कार गरेको कुरा पीडित बालिकाले बताएपछि उनकी आमाले ०७४ फागुन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। प्रहरी कार्यालयमा कारवाहीका लागि उजुरी गर्न ढिलाइ भए पनि प्रहरीले भोलिपल्टै पीडितको स्वास्थ्य परीक्षण गरी अभियुक्तलाई पक्राउ गरी कारवाही अगाडि बढायो।

उनलाई छुटाउन शहरका ठूला उद्योगपति र व्यापारी समेतले प्रयास गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]