सप्तरी – अमेरिकामा सोमवारबाट कोभिड-१९ विरुद्ध भ्याक्सिन लगाउन शुरु गरिएको छ। कोभिड-१९ को इपिसेन्टर मानिएको न्युयोर्कबाट भ्याक्सिन लगाउन शुरु गरिएको न्युयोर्क डेली न्युजले जनाएको छ।
यसरी कोभिडविरुद्धको पहिलो भ्याक्सिन लगाउनेमा न्युयोर्ककी नर्स रहेकी छिन्। यो भ्याक्सिन अमेरिकाकै पहिलो हुन सक्ने न्युयोर्कको गर्भनर एन्ड्रयु क्युमोले बताएका छन्। संघीय सरकारले स्वीकृत दिएलगतै न्युयोर्कमा पहिलो भ्याक्सिन दिएको क्युमोले बताए।
नर्थ वेल हेल्थ अस्पतालको चिकित्सक डा चेष्टरले सोही अस्पताल कार्यरत नर्स सान्द्र लिन्ड्सेलाई लगाएकी हुन्।
अमेरिकामा फाइजर र बायोन्टेकले उत्पादन गरेको एक लाख ७० हजार डोज भ्याक्सिन विभिन्न स्थानमा वितरण गरिएको छ।